६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कालीकोटको आनतडाँमा जीप दुर्घटना, चालकको मृत्यु १२ जना घाईते



सुर्खेत ।

कालीकोटमा जीप दुर्घटना भएको छ। जिल्लाको सन्नीत्रिवेणी गाउँपालिका–३ स्थित आनतडा भन्ने ठाउँमा क १ ज २३ नम्बरको जीप आइतबार दिउँसो १२ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा चालक सन्नीत्रिवेणी गाउँपालिका–१ का २२ वर्षीय बिक्रम गिरीको मृत्यु भएको छ।
त्रिवेणीघाटबाट जितेगढातर्फ आउँदै गरेको जीप सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा १२ जना घाईते भएका छन्। घाईतेलाई उपचारको लागि जिल्ला अस्पतालमा मान्ममा लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  २ : १३ बजे