७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

अनेरास्ववियु दाङका संयोजकले मेसुलाई भौतिक कारबाहीको धम्की दिएपछि प्रदर्शन



दाङ ।
राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी संघर्षमा उत्रिएका छन्।

तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै आइतबार सडकमा आएका हुन्।

बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट सुरू भएको विरोध र्‍यालीले बजार परिक्रमा गरेको थियो। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  २ : ५५ बजे