२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मन्त्री छान्ने जिम्मा माधव नेपाललाई




काठमाण्डौँ ।

नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिने निर्णय गरेको छ।आज बसेको बैठकले संसदीय दलको नेतामा अध्यक्ष नेपाललाई नै चयन गरेको थियो।बैठकका निर्णय सुनाउँदै सांसदसमेत रहेका नेता विरोध खतिवडाले मन्त्री छान्ने जिम्मा बैठकले अध्यक्ष नेपाललाई दिएको पत्रकारहरूलाई बताए।

‘बारम्बार बैठक बस्न नसकिने अवस्था र अहिले संक्रमणकालीन अवस्था पनि भएकोले मन्त्री छान्नेजस्ता कुरा निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ,’ उनले भने।नेकपा ९एकीकृत समाजवादी० प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताइसकेको छ। प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्।

बैठकले बाढीपहिरोबाट पीडित भएकाहरूलाई उद्धार तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गरेको छ। यस्तै वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना पनि गरेको छ। खनालको भारतमा स्वास्थ्य उपचार गरिएको थियो।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  ३ : ०६ बजे