१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

युवा स्ट्राइकर ग्रिनउडको गोलमा युनाइटेडको कीर्तिमानी जित



काठमाडौं ।
मासन ग्रिनउडले निर्धारित सयम सकिन ९ मिनेट बाँकी हुँदा गरेको गोलमा युनाइटेडले आइतबार राति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटनलाई १–० ले हराएको छ । लिगमा युनाइटेडको यो दोस्रो जित हो ।

जितसँगै प्रशिक्षकका रूपमा ओले गनर सोल्सायरको एक सयौँ खेल सुखद बनेको छ । युनाइटेड प्रिमियर लिगमा पछिल्लो २८ अवे खेलमा अपराजित छ । जुन प्रिमियर लिग इतिहासमा अवे खेलमा सबभन्दा लामो अपराजित यात्रा हो ।

भ्रमणकारी युनाइटेडका ग्रिनउडले राफेल भरानको लामो पासलाई नियन्त्रणमा लिँदै दायाँ भागबाट हानेको प्रहार उल्भरह्याम्पटनका गोलकिपर जोसे साले रोक्न सकेनन् ।

जारी सिजन ग्रिनउडको यो तेस्रो गोल हो । उनले अहिलेसम्मका तीनै खेलमा गोल गरेका छन् ।

१९ वर्षीय ग्रिनउड प्रिमियर लिग इतिहासमा आफ्नो टिमबाट सिजनको पहिलो तीनै खेलमा गोल गर्ने दोस्रो युवा खेलाडी बन्न सफल भएका छन् । यसअघि १९९४÷९५ मा लिभरपुलका रोबीइ फोलरले उक्त सफलता हासिल गरेका थिए ।

जितसँगै सात अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको टोटेनह्यामभन्दा दुई अंकले पछाडी हो । टोटेनह्यामले आजै वाटफोर्डलाई १–० ले हराउँदै यस सिजन शतप्रतिशत नतिजालाई कायमै राखेको थियो । पराजित उल्भरह्याम्पटन अंकविहीन छ ।

प्रकाशित मिति : १४ भदौ २०७८ सोमबार ००:००  ६ : ५९ बजे