२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

गठबन्धनको बैठकः मन्त्रिपरिषद् विस्तार र दार्चुला घटनाबारे छलफल




काठमाण्डौ ।

मन्त्रिपरिषद्लाई छिटै पूर्णता दिने विषयमा सत्ता साझेदार दलबीच छलफल भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
गठबन्धन दलहरुबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भए आजै सम्बन्धित दलले मन्त्री बन्नेको नाम दिने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा आज बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो । यस्तै, सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे सरकारको अडान प्रष्ट पार्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । गएको साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइन फुकाइ दिँदा धामी महाकालीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाको अनुसन्धानका लागि सरकारले छानबिन समिति बनाए पनि अझै प्रतिवेदन सार्वजनिक भएको छैन । सरकारले नै घटना लुकाउन खोजेको पीडित परिवारको आरोप छ ।

प्रकाशित मिति : १४ भदौ २०७८ सोमबार ००:००  १२ : ५२ बजे