२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली पौने ४ बजे नेपाल आउँदै



काठमाण्डौ ।

नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली अहिले केही बेरमा नेपाल आउँदैछ । २५ सदस्यीय भारतीय टोली अहिले पौने ४ बजे काठमाण्डौ आइपुग्ने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपालसँगको खेलको लागि भारतले सुनिल क्षेत्रीसहितको २५ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपाली टोलीले पनि पोखरामा अभ्यास गरिरहेको छ । नेपाल र भारतबीच अहिलेसम्म १९ वटा खेल भएकोमा भारतले १३ खेलमा जित हासिल गरेको छ । नेपाल दुई खेलमा विजयी भएको छ । चार खेलमा बराबरी भएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७८ सोमबार ००:००  २ : ४० बजे