मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सुविधासम्पन्न हाइटेक ‘हाइटेक प्याथ ल्याब’ को शुभारम्भ भएको छ । नगरको केन्द्र चार नम्बर जितपुरमा अत्याधुनिक प्रविधिजडित हाइटेक प्याथ ल्याबको संघीय सांसद तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेव र प्रदेश सांसद विष्णु पन्थीले रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
उद्घाटनको अवसरमा बोल्दै पूर्वमन्त्री बलदेवले हाइटेक प्याथ ल्याब जिल्लाको स्वास्थ्य क्षेत्रमा नयाँ फड्को भएको बताउनु भयो । स्वास्थ्य क्षेत्र निकै संवेदनशिल भएको हुनाले अब सबै सचेत रहनु पर्ने उहाँको भनाई छ ।
हाइटेकको अवलोकनपछि बोल्दै उहाँले औधी खुसी ब्यक्त गर्दै यो प्रदेशकै नमुना रहेको दावी गर्नुभयो । अब हरेक ब्यक्तिले समयमै आफ्नो स्वास्थ्य जाँच गर्नु पर्ने बेला आएको भन्दै म ठिक छु भनेर बस्ने स्थिति नरहेको बताउनु भयो । सामान्य स्याम्पल जाँच गर्न पनि बुटवल, काठमाण्डौँ या भारत जानु पर्ने स्थिति रहेको बताउँदै हाइटेकले अब यस बाध्यात्मक अवस्थालाई चिरेको बताउनु भयो । जिल्लाबासी मात्र नभएर अर्घाखाँची, दाङ, रुपन्देहीको पश्चिमी भेगका जनताले अधिकतम लाभ लिनु पर्ने बताउनु भयो ।
प्रदेश सांसद विष्णु पन्थीले आधुनिक स्वास्थ्य बिज्ञानको महत्वपूर्ण कडिको रुपमा हाइटेक प्रयोगशाला आएको बताउनु भयो । यसलाई अब सबै मिलेर सफल पार्नु पर्ने उहाँको भनाई छ । सामान्य घटनापछि पनि जाँच गर्ने उपयुक्त ठाउँ नभएका कारण कैयौँले अकालमै ज्यान गुमाउनु परेको भन्दै अब त्यसलाई रोक्नको लागि प्याथ ल्याब बरदान सावित हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
ल्याबका अध्यक्ष धर्मराज भट्टराईले प्याथल्याबले दिने सेवाको बारेमा जानकारी दिनु भएको थियो । दक्ष जनशक्तिसहित सेवा सुरु गरिएकाले ढुक्क रहन अध्यक्ष भट्राईको सबैम अनुरोध छ । जिल्लाको आवश्यकतालाई मध्यनजर गर्दै रिक्समै ल्याब संचालनमा आएको बताउँदै सबैबट सहयोग पाउने उहाँले विश्वास ब्यक्त गर्नुभयो । देख्दा महंगोजस्तो लागे पनि बुटवल, काठमाण्डौँ र भारतमाभन्दा सुलभ दरमा सेवा दिइने अध्यक्ष भट्टराइले जानकारी दिनुभयो ।

प्याथ ल्याबका प्रबन्धक बेदुराम पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा मेलानका केन्द्रिय उपाध्यक्ष रमेश पाण्डे, रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष माधव भाट क्षेत्री, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले बोल्दै सफलताको शुभकामना दिनुभयो । उहाँहरुले गुणस्तरीय सेवा दिएर जनताको मन जित्न सुझाउनु भयो ।

ल्याबले उद्घाटनको अवसरमा १५ दिनसम्म बिभिन्न सेवामा छुट दिएको छ । ल्याबमा थाइराइड, होल वडी जाँच र अन्य कुनै पनि जाँचमा पनि २० प्रतिशत छुटको ब्यवस्था गरिएको र सुगर जाँचमा पैसै नलाग्ने जानकारी दिएको छ । १ करोड हाराहारीमा संचालनमा आएको ल्याबमा ५ जनाको लगानी छ । ल्याबमा प्रत्यक्ष रुपमा १५ जनाले रोजगारी पाउने छन् । ल्याब केसी कम्प्लेक्सको पहिलो तल्लामा छ ।पछिल्लो समय चार नम्बरमा ठुलो लगानीमा हस्पिटल, क्लिनिक र फार्मेशीहरु खुल्ने क्रम बढेको छ । यो नगरबासीको लागि निकै राम्रो भएको सर्वसाधारण बताउँछन् ।







प्रतिक्रिया