७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

दाङमा बाढीले गाडी बगायो, दिदीबहिनीसहित चार जनाको मृत्यु



दाङ । दाङमा बाढीले गाडी बगाउँदा दिदीबहिनीसहित चार जनाको मृत्यु भएको छ ।घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।मृत्यु हुनेमा घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको दाङका प्रहरी प्रबक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

राधा र शुसीला घोराही उपमहानगरपालिका( १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । बेपत्ता भएका पुन र केसीको पनि शव केहीबेरअघि भेटिएको डीएसपी रिजालले जानकारी दिए ।

चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई प्रहरीले उद्धार गरेको छ । उनको खुट्टा भाँचिएको छ । पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : १७ भदौ २०७८ बिहिबार ००:००  ९ : १० बजे