८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन



बुटवल ।

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन्। बुटवलमा शुक्रबार बसेको पार्टीको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो।

यसअघि भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इञ्चार्जको जिम्मेवारी दिइसकेको छ। त्यस्तै, बैठकले प्रदेश कमिटीको सचिवमा राजु गुरूङलाई चयन गरेको छ। केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू प्रदेश कमिटीको सचिवालय सदस्य रहने प्रदेश अध्यक्ष चौधरीले बताए।
चौधरीले केपी ओली नेतृत्वको सरकारले जनताको विश्वास गुमाइसकेकोले एमालेले चुनाव जित्न नसक्ने बताए।
उनले आगामी चुनावमा नेकपा एकीकृत समाजवादी अन्य दलहरूसँग मिलेर जाने र सबभन्दा ठूलो पार्टी बन्ने दाबी समेत गरे।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  ६ : ४७ बजे