२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एभरेष्ट प्रिमियर लिगः आज दुई खेल हुँदै



काठमाडौं ।

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटमा आज दुई खेलहरु हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स भिड्ने छन्। विराटनगर र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर सुखद सुरुवातको योजनामा हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन समेत विजयी सुरुवात गर्न चाहन्छ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र पोखराबीचको खेल दिउँसो साढे एक बजे सुरु हुनेछ। भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ। चितवनको कप्तानी विनोद भण्डारीले गर्नेछन्।
यस अघि हिजो भएको उदघाटन खेलमा काठमाडौं किङ्स ११ ले विजयी सुरुवात गरेको छ। काठमाडौंले साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  ६ : ३९ बजे