६ असार २०८३, शनिबार | Sat Jun 20 2026

देशभर आंशिकदेखि सामान्य बदली, हल्कादेखि मध्यम वर्षा हुने



काठमाडौँ ।
देशभर बुधबार आंशिकदेखि सामान्य बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बंगालको खाडीको उत्तर पश्चिम भू–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव अहिले नेपालमा परेको छ । मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको मौसमविद्ले बताएका छन्।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ।बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ८ : ४६ बजे