८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

प्रचण्डको आग्रह : बाढीपहिरो प्रभावितलाई सरकारले तुरुन्त उद्धार र राहत मिलाओस



काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा फसेकाहरूको उद्धार, राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार र बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन उनले माग गरेका हुन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले विपतमा ज्यान गुमाएकाहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्

बाढीपहिरोमा परी बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकायहरू, स्थानीय स्वयंसेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८ बुधबार ००:००  १ : ०२ बजे