६ असार २०८३, शनिबार | Sun Jun 21 2026

कुनै पार्टीसंग एकता हुँदैन, चुनावसम्मै कार्यगत तालमेलः नेपाल




काठमाण्डौँ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले गठबन्धनलाई आगामी चुनावसम्मै कायमै राखिने बताएका छन्।
राष्ट्रिय सभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरू पार्टीसँग तालमेल गरिने उनले बताए।

तर पार्टीले तत्काल कसैसँग पनि एकता भने नगर्ने अध्यक्ष नेपालले बताए। आज धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनतामा स्थापित र लोकप्रिय नेतालाई मात्रै पार्टीले आगामी चुनावमा टिकट दिने बताएका छन्।
उनले बागमतीमा आज पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने पनि बताएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०७८ बिहिबार ००:००  १० : ११ बजे