२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे



काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ। संसदीय मर्यादा कायम गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेजस्ता नारा लगाउँदै एमाले सांसदले बैठकमा अवरोध गरेका हुन्। एमाले फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि लगाउँदै आएको छ।

आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख सापकोटाले टाँस नगरेको एमालेको भनाइ छ । एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो।

सभामुख सापकोटाले बाढीपहिरोलगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकोले संसद सञ्चालन गर्न सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए। एमालेको अवरोधबीच नै सभामुख सापकोटाले संसदको कामकारबाही अगाडि बढाएका छन्।

राष्ट्रपति कार्यालयबाट प्राप्त उद्योग मन्त्रीले राजीनामा दिएको र उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई नै तोकिएको पत्र सभामुख सापकोटाले पढेर सुनाएका थिए।

साथै प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रस्तुतसमेत गरेका छन् । साथै संसदको अर्को बैठक कात्तिक २९ गते सोमबार दिउँसो १ बजेम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७८ बिहिबार ००:००  २ : ३८ बजे