८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

खेलकुदले अर्थव्यवस्थालाई समेत मजबुत पार्छः विष्णु पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले खेलले स्वास्थ्य र अनुशासनमा मात्र नभई देशको अर्थतन्त्रलाई समेत प्रभाव पार्ने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ को वडा कार्यालयद्धारा आयोजित तेस्रो वडा स्तरिय क्रिकेट लिग प्रतियोगिताको उद्घाटन गर्दै सांसद पन्थीले अर्थ व्यवस्था चलायमान पार्न खेलकुदले महत्वपूर्ण योगदान गर्न बताउनुभयो ।

उद्घाटनसस्त्रमा सांसद पन्थीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

सोही अवसरमा बोल्दै उहाँले युवाहरुलाई कुन बाटोमा हिडाउने भन्ने कुराको मध्यनजर खेलकुद क्षेत्रले गर्ने बताउनुभयो । सांसद पन्थीले विश्वका धेरै देशहरुको शिर अहिले खेलकुदको माध्यमबाट उचो भएकाले यस तर्फ जनप्रतिनिधिहरु चनाखो हुन आवश्यक रहेको बताउनुभयो
वडास्तरमा आयोजना गरिने खेलकुद प्रतियोगिताले खेलाडीहरुको क्षमता विकास हुनुका साथै हौसला समेत बढ्ने जिकिर गर्नुभयो ।

खेलकुदको विकासका लागि अभ्यास अपरिहार्य रहेकाले खेलकुदका क्षेत्रमा प्रदेश सरकारले पनि विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभयो । उहाँले प्रत्येक वडामा एक÷एक वटा कभर्ड हल निर्माण गर्ने लक्ष्यका साथ प्रदेश सरकारसंग पहल गरिरहेको बताउनुभयो ।

फरक प्रसंगमा सांसद पन्थीले वडा नं. ५ मा खेल मैदानको नजिकै सांस्कृतिक केन्द्र स्थापनाका लागि संघीय सरकारसंग समन्वय गरि मास्टर प्लान र डिपिआरको केहि काम अगाडि बढाईएकोले वडामा मात्र नभई नगरपालिकानै पर्यटनको क्षेत्रमा अगाडि बढ्ने बताउनुभयो ।

४ बर्ष पहिलेको वडा र अहिलेको वडा नंं ५ मा धेरै परिवर्तन भएको भन्दै अब जहदी–बुंचीको सडक खण्डलाई डबल लेनमा रुपान्तरणका पहल भईरहेको भन्दै यस बर्ष काम अगाडि बढ्ने दाबी गर्नुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८ बुधबार ००:००  ४ : ३५ बजे