८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

वुमन्स टि-२० छनोटः नेपालको पहिलो खेल हङकङसँग



काठमाडौं । नेपालले हङकङविरुद्ध खेल्दै अर्को महिना युएईमा हुने आइसिसी वुमन्स टि ट्वान्टी विश्वकप एसिया छनोटको यात्रा सुरु गर्ने भएको छ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल क्रिकेट संघ ९क्यान० ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो । पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपाली नेपाली महिला टोलीले पछिल्लो पटक सन् २०१९ स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा प्रतिस्पर्धा गरेको थियो ।

एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि स्थान बनाउने छन् । मलेसियामा हुने प्रतियोगितामा नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । यसअघि मलेसियामा हुने बताइएको थियो ।

नेपाली महिला टोली
रुबिना क्षेत्री बेलबासे ९कप्तान०, सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई ।

प्रकाशित मिति : १८ कार्तिक २०७८ बिहिबार ००:००  ५ : ५३ बजे