८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बुटवलमा नन्दिनी गौशाला निर्माण



रूपन्देही ।
रूपन्देहीको बुटवलमा यसक्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुस्थान स्थल स्थापना भएको छ । उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता सम२हले संयुक्तरुपमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरेको। बिहीबार लक्ष्मीपूजा अर्थात गोबर्धनपूजाका अवसरमा केन्द्रको शुभारम्भ गरिएको छ।

हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको गाईपुजाको अवसर पारेर नंदनी गौआश्रम समुद्घाटन गरिएको हो।

एक समारोहबीच मुक्तिनाथ धामका पिठाधिश ब्रह्मनन्द स्वामी लोकानन्द र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लोकानन्द स्वामीले गौशालाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

पाँच वटा गाईलाई पंन्च कन्याद्वारा प्रवेश गराएर गौशालाको शुभारम्भ गरिएको थियो।

करिब ६ विगाहा क्षेत्रफलमा तारजाली गरिएको छ । जहाँ ५० बढी गाई अट्ने पूर्वाधार निर्माण गरिएको छ। यसैगरी गाईलाई गुड बनाएर दाना र पानीको उपयोग गर्ने व्यवस्था मिलाइएको छ ।

दुईजना गौ हेरालुहरु राखिएको छ । गौशालाको मध्येभागमा १ हजार ८ बरपिपल र स्वामीका वृक्ष लगाउने र गोवर्धन पर्वत बनाउने योजना छ।

शिवनगर सामुदायिक वन क्षेत्रमा गौशाला व्यवस्थापन समिति गठन गरेर चलाउने योजना रहेको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७८ बिहिबार ००:००  १ : ०९ बजे