२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

सुदूरपश्चिममा बन्द गराउन नेकपाका स्वयंसेवक परिचालन



धनगढी ।

सुदूरपश्चिममा नेपाल बन्दका लागि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले स्वयंसेवक परिचालन गरेको छ। स्वयंसेवक लेखिएका राता जर्सीमा उनीहरू ठाउँठाउँमा नाराबाजी गर्दै बन्द सफल पार्न दवाव दिइरहेका छन्।
प्रदेशको अस्थायी राजधानी धनगढीमा बन्दको प्रभाव देखाउन उनीहरूले नाराबाजी गरेका हुन्।
कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बन्दले आम दैनिकीमा प्रभाव पारेको बताए । विष्टका अनुसार हालसम्म कुनै उच्छृंखल गतिविधि भएको छैन।
नेपाल बन्दका कारण कञ्चनपुरको जनजीवन पनि बिहानैदेखि प्रभावित छ। बजारमा अटोरिक्सा र मोटरसाईकल फाट्टफुट्ट चलेका छन्। यहाँबाट लामा दुरीका सवारीसाधन छुटेका छैनन्। कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर वमका अनुसार बजार आंशिक रूपमा मात्रै खुलेका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७८ मंगलबार ००:००  ११ : १७ बजे