१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मुख्यमन्त्री राईले आज विश्वासको मत लिने



काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदै छन् । हिजो लिने भनिएको विश्वासको मत एमालेका सांसद उपस्थित नभएपछि स्थगित गरीएको थियो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउँदै सांसद आउन नसक्ने भनी नेकपा एमालेका सांसदले हिजोको बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए ।

सभामुख भण्डारीले एमालेले निवेदन दिएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर रोक्नुपर्ने प्रस्ताव गरेका थिए । सत्ता साझेदारहरुको बैठक रोक्नु नहुने अडान राखेपछि सभामुख भण्डारीले बैठक बोलाएका थिए ।

प्रमुख प्रतिपक्षी दलले समेत आज भने बैठकमा सहभागी हुने भएको छ । ‘बन्दका कारण हिजो हाम्रा माननीयज्यूहरु आउन सक्नुभएन, आज आउनु हुन्छ, ‘एमालेका प्रमुख सचेतक बुद्धि कुमार राज भण्डारीले भने, ‘सत्तापक्षका सांसदलाई होटलमा मासु भात खुवाएर राखिएको थियो । हाम्रा घरतिर नै हुनुहुन्थ्यो ।’

मंगलवार १२ः३० बजेका लागि बोलाइएको बैठक तोकिएको समय भन्दा झन्डै २ घन्टा पछाडी मात्रै बसेको थियो उत्त बैठक पनि १ मिनेट बसेको थियो बैठक आज ११ः३० बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठक स्थगित गरेपछि मुख्यमन्त्री राई सभामुख भण्डारीसँग रुष्ट बनेका छन् । सभामुख भण्डारीले एमाले सांसदको भुमिका खेलेको मुख्यमन्त्री राईले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८ बुधबार ००:००  ९ : १५ बजे