काठमाडौँ ।
बाढी पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर र ललितपुर लगायतका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ।
आगामी दुई दिन कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही स(साना नदीहरूमा बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २५ जिल्ला भई बहने स(साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाले आज बिहान आठ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रका साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
यसैगरी मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स(साना नदीहरूमा पनि आकस्मिक बाढी अर्थात् ‘फ्ल्यास फ्लड’ को मध्यम जोखिम रहने महाशाखाको प्रक्षेपण छ।
मुख्य र ठूला नदीहरूको अवस्था भने हाल सामान्य छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित तहभित्रै रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ। जस अनुसार भोलि र पर्सी कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ। ती क्षेत्रका तटीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।







प्रतिक्रिया