१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

अध्यक्ष नेपाल : सूर्य चिह्नमा ग्रहण लागिसक्यो‚ धाक नदिए हुन्छ



धनुषा ।
नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले एमालेको सूर्य चिह्नमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन्।

बुधबार धनुषाको जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागिसकेकाले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिह्नको धाक नलगाउन चुनौती दिएका हुन्। उनले एकीकृत समाजवादीप्रति आकर्षण बढिरहेको पनि दाबी गरे।

‘समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय, विकास र समृद्धिलाई केन्द्र विन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य एकीकृत समाजवादी पार्टीको छ‚’ अध्यक्ष नेपालले भने‚ ‘मैले भन्ने गरेको छु( अब सूर्यको धाक नदेखाए हुन्छ। त्यसमा ग्रहण लागि सकेको छ। अब कलम चम्किरहेको छ।’

यस्तै‚ अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी जनकपुरमा नै राख्न उपयुक्त हुने धारणा समेत राखे। मधेश प्रदेश बन्न सक्छ कि सक्दैनरु भनी सञ्चारकर्मीहरुले सोधेको प्रश्नप्रति उनले इन्कार गर्दै त्यस सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताए।

प्रकाशित मिति : ८ मंसिर २०७८ बुधबार ००:००  २ : १६ बजे