२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, चिन्ता थपियो : डब्ल्यूएचओ



काठमाण्डौ ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले कोरोना भाइरसको नयाँ भेरियन्टले थप चिन्तित बनाएको बताएको छ । दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट निकै खतरनाक भएको भन्दै डब्ल्यूएचओले थप चिन्ता थपिएको बताएको बीबीसीले जनाएको छ।

नयाँ भेरियन्टलाई डब्ल्यूएचओले ओमिक्रोनु नाम दिएको छ । दक्षिण अफ्रिकामा गएको बुधवार पुष्टि भएको ओमिक्रोन भेरियन्ट बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ ।

नयाँ भेरियन्ट देखिएपछि धेरैजसो देशले दक्षिण अफ्रिकासँगको हवाई सम्बन्धविच्छेद गरेका छन् ।

डब्ल्यूएचओले नयाँ भेरियन्टको सङ्क्रमणको प्रभाव बुझ्न अझै केही हप्ता लाग्ने बताएको छ । अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले नयाँ भेरियन्टले थप खतराको सङ्केत गरे पनि यसको समाधान निकाल्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ भेरियन्टले सङ्क्रमणदर बढाउने र खोपको प्रभावकारिता कम हुन सक्ने भन्दै वैज्ञानिक चिन्तित बनेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८ शनिबार ००:००  १२ : ५५ बजे