२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

तिनाउमा बेपत्ता भएका भारतीय युवा मृत भेटिए



बुटवल ।
पाल्पाको तिनाउ नदिमा डुबेर बेपत्ता भएका भारतीय युवा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेश ईटवा सिद्धार्थनगरबाट घुम्न आएका २१ वर्षीय प्रभास सोनी पौडी खेल्ने क्रममा तिनाउ नदिमा डुबेर बेपत्ता भएका थिए।

परिवार सहित घुम्न आएका सोनी शनिवार बिहान साढे ९ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्धबाबा स्थित तिनाउ नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको थिए।

अन्य दुई जनाको साथमा पौडी खेल्न गएका सोनी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी दोभानबाट गएको प्रहरी टोलीले खोजी सुरु गरेको थियो।

खोजी गर्ने क्रममा मध्यान्ह १२ बजे तिर बुटवल उपमहानगरपालिका वडा नं. १५ उजालापुर स्थित तिनाउ खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : १३ भदौ २०८३ शनिबार ००:००  ९ : १० बजे