२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मेसीको एक्लै ४ गोल



काठमाडौँ ।
लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा मोन्ट्रियलमाथि ७-१ को फराकिलो र ऐतिहासिक जित निकालेको छ।

आइतबार बिहान सम्पन्न खेलमा मियामीलाई कीर्तिमानी जित दिलाउन मेसीले एक्लै चार गोल गरे भने कासेमिरो र लुइस सुआरेजले १-१ गोल थपे।

इन्टर मियामीको इतिहासमा यो अहिलेसम्मकै फराकिलो जित हो। क्लबले कुनै पनि आधिकारिक खेलमा सात गोल गरेको यो पहिलो पटक हो।

सुरुवातदेखि नै आक्रामक खेल पस्किएको मियामीसामु मोन्ट्रियल निरीह बनेको थियो। मेसीको एकपछि अर्को दर्शनीय गोलसँगै सुआरेज र कासेमिरोको मैदानमा जमेको समन्वयले मायमीले जितलाई सहज बनाएको थियो।

प्रकाशित मिति : १४ भदौ २०८३ आइतबार ००:००  ९ : ०० बजे