६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कांग्रेस काठमाडौं सभापतिमा बानियाँ निर्वाचित




काठमाण्डौँ । नेपाली कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन्।उनले एक हजार ९ सय ५७ मत ल्याएर विजयी भएका हुन्।

उनी यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति नै थिए।आज बिहान आएको मतपरिणामअनुसार बानियाँले सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई हराएका हुन्। कार्कीले एक हजार ८९ मत ल्याएका थिए।

बानियाँलाई नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन थियो भने कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो।

काठमाडौंमा नेता सिंह(थापाको पकड छ। वडादेखि नै उनीहरू पक्षकाले अधिकांश स्थान जितेका थिए।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  ८ : १९ बजे