२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

एमाले अध्यक्षमा ओली र रावल भिड्ने



काठमाडौं ।

नेकपा एमालेको दसौं महाधिवेशनमा अन्ततस् चुनावी प्रक्रियाबाटै अध्यक्ष चयन हुने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फेरि अध्यक्ष बनाएर बन्दसत्रमा प्रस्तुत गरेको सूचीमा उपाध्यक्ष भीम रावलले असहमति जनाउँदै उम्मेदवारी दर्ता गरेपछि प्रतिष्पर्धाबाट अध्यक्ष चुनिने पक्का भएको हो।

रावलले सोमबार बिहानै उम्मेदवारी दर्ता गरेका छन् भने ओलीले पनि केहीबेर अघि अध्यक्षमा उम्मेदवारी दिएका छन्। रावलको उम्मेदवारीले सर्वसम्मत अध्यक्ष चुनिने ओलीको चाहना अपुरो बनेको छ। आज राति हुने मतदानबाट एमालेको नयाँ अध्यक्षको छिनोफानो हुनेछ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  १० : ४३ बजे