२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

एमाले दसौं महाधिवेशनः ७२ मेसिनमा मतदान, भोलि बिहानै मतपरिणाम




काठमाण्डौँ ।

नेकपा एमालेको महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ।मतदान गराउने जिम्मा पाएको रामलक्ष्णम इनोभेसन्सका रामप्रसाद रिमालले कतिपय नाममा सर्वसम्मत भएकाले ७२ मेसिनमात्र प्रयोग गर्न लागिएको बताए।

हामीले १ सय मेसिन चितवन ल्याएका थियौँ, रिमालले भने, ७२ वटा प्रयोग गर्ने भएका छौं।एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन्।

नेकपा एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ।

रिमालले मतदानका लागि ६ घण्टाको समय पर्याप्त हुने बताए।

ुएक जनालाई मत खसाल्न १५ मिनेट लाग्ने हाम्रो अनुमान छु, रिमालले भने, धेरै उम्मेदवार र सबै पदमा निर्वाचन भएको भए आधा घण्टा लाग्न सक्थ्यो। उम्मेदवारी कम परेकाले छिटो हुने आकलन गरेका छौं।

रिमालका अनुसार मतदान सम्पन्न भएको ३ घण्टामा मतपरिणाम आउनेछ।हामीले प्रत्येक मेसिनमा खसेको मतलाई राखेर एउटा टेबल बनाउँछौं र जोड्छौुं, रिमालले भने, यो प्रक्रिया सम्पन्न गर्न २ घण्टा लाग्छ।

तर निर्वाचनको प्रक्रियामा अन्य विधिवत् काम गर्नुपर्ने भएकाले ३ घण्टा लाग्ने रिमालले बताए।निर्वाचनमा मत जोड्दा प्रतिनिधि राख्नेदेखि मुचुल्का उठाउने लगायतका काम हुन्छन्, रिमालले भने, त्यसमा एक घण्टा लाग्छ।
एमालेको निर्वाचन कार्यक्रम अनुसार मंगलबार बिहान सबेरै मतपरिणाम आउने देखिन्छ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  २ : ३३ बजे