६ असार २०८३, शनिबार | Sat Jun 20 2026

भीम रावल : अध्यक्षबाहेक अन्य पद स्वीकार्दिनँ



चितवन ।
नेकपा एमाले को अध्यक्षका प्रत्यासी भीम रावलले आफ्नो नाम सदस्य पदको उम्मेदवारमा पनि राखिएको भन्दै आपत्ति जनाएका छन्।

मतदान सकिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै रावलले उम्मेदवारी नदिएको पदमा आफ्नो राखिएको भन्दै आपत्ति जनाएका छन्। उनले सदस्य पदमा राखिएको नाम हटाउन आग्रह गर्दा पनि नहटाइएको बताए।

रावलले अध्यक्षबाहेक अन्य पदमा विजयी भए स्वीकार नगर्ने प्रष्टीकरण दिए।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  १ : ०४ बजे