७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

राष्ट्रपति भण्डारी बाणगंगाको नन्दनगरमा



चेतन विष्ट , बाणगंगा ।
राष्ट्रपति विद्यादेवी भण्डारी कपिलवस्तुको बाणगंगामा आईपग्नु भएको छ । बाणगंगा २ नन्दनगरमा भैरहेको २७ औं ज्ञानमहायज्ञको समुद्घाटन गर्न भण्डारी आज विहान ११ बजे कपिलवस्तु आउनु भएको हो यज्ञ सम्पादन आयोजक मूल समितिका संयोजक बालाराम ज्ञवालीका अनुसार विहीबार (आज) विहान ज्ञानमहायज्ञ समुद्घाटन गर्न हेलिकप्टरमार्फत् उहाँ आउनु भएको हो ।

राष्ट्रपति भण्डारीलाई आफ्नै भूमिमा स्वागत गर्न पाउँदा जिल्ला वासि नै खुसि भएका छन । अहिले नन्दनगरमा भैरहेको ज्ञानमहायज्ञको समारोहमा राष्ट्रपतिलाइ स्वाग गर्न पाउँदा निकै खुसी भएको बाणगंगाकी एक स्थानिय वृद्ध आमाले भन्नुभयो ।

मंसिर २२ गतेसम्म हुने महायज्ञमा यसपटक अन्र्तराष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन (भारत) ले कथा बाचन गर्नु हुनेछ । यस्तै हरेक दिन साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८ बिहिबार ००:००  १ : ३४ बजे