७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज



काठमाडौँ ।

चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भइ नेपाल एपीएफ अस्पतालमा मंसिर १३ गते भर्ना भएका थिए । अस्पतालले शुक्रबार वक्तव्य जारी गरेर राणालाई बिहान साढे ९ बजे डिस्चार्ज गरिएको जानकारी दिएको हो ।

यसअघि प्रधानन्यायाधीश राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार शुक्रबारदेखि आफू नै काममा फर्किने बताएका थिए ।

संवैधानिक प्रावधानअनुसार राणा उपचारका लागि अस्पताल भर्ना भएको अवस्थामा स्वतः वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले जिम्मेवारी पाउनुपर्ने भए पनि प्रधानन्यायाधीश बिरामी परेको औपचारिक जानकारी नभएको भन्दै प्रशासनले कार्कीलाई कामयमुकायम स्वीकार गर्न आनाकानी गरेको थियो ।

तर शुक्रबार राणा आफै अस्पतालबाट डिस्चार्ज भएपछि उनी काममा फर्किने भएका हुन्।

प्रकाशित मिति : १७ मंसिर २०७८ शुक्रबार ००:००  १ : ४९ बजे