२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं ।

पश्चिमी निम्नचापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका केही भागमा आज वर्षा तथा उच्चपहाडी क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि कर्णाली, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षा र हिमपातसँगै देशभर चिसो बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ७ : १७ बजे