७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

केही दिन देशका धेरै ठाउँको मौसम सफा रहने



काठमाण्डौ ।

अबको केही दिन देशका धेरै ठाउँको मौसम सफा रहनेछ । आउँदो शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुले केही ठाउँमा बदली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि मौसम धेरै बदली वा वर्षाको सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो।

शनिवारसम्म बाहिरी प्रणाली भित्रने सम्भावना नरहेको उहाँले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यका लगायत धेरै ठाउँमा मौसम खुलेको छ भने पहाडी भेगको केही ठाउँमा बदली भएको छ ।

बेलुकीपख प्रदेश १ को पहाडी भेगमा बदली भएर केही ठाउँमा सामान्य पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८ बुधबार ००:००  १० : ५५ बजे