७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

काँग्रेस केन्द्रीय सदस्यमा चर्चित अनुहार को जिते को हारे



काठमाडौं ।
नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ । सबैभन्दा बढी मत डा. सशांक कोइरालाले ल्याएका छन् । ३३ सय भन्दा बढी मत ल्याएका उनले काँग्रेसको १४औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत ल्याएका छन् ।

एनपी साउद, बालकृष्ण खाँड, उदय शमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक ज्ञानेन्द्रबहादुर कार्की पनि विजयी भएका छन् । शंकर भण्डारी लोकप्रीय मत ल्याई विजयी भएका छन् । उनी काँग्रेसभित्र हिन्दुराष्ट्रको एजेन्डा उठाउँदै आएका छन् ।

अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनिल बहादुर थापा, डा. रामशण महत, दिलेन्द्र प्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दन काफ्ले, दिपक गिरी, सुरेन्द्र राज पाण्डे, पद्म नारायण चौधरी, सञ्जय गौतम, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा पनि विजयी भएका छन् ।

वीरेन्द्रप्रसाद कनौडिया, मंगलप्रसाद थारु, डा. तीर्थराज खनिया, लोकेश ढकाल, राजेन्द्र बजगाई, डा। सुरेशचन्द्र चालिसे, डा. सुरेश मल्ल, टेकराज पौडेल, गोकर्ण पौड्याल, मथुराप्रसाद घिमिरे, क्षितिज भण्डारी, पूर्वमन्त्री तारिणिदत्त चटौत, डा. मुकेश राज काफ्ले, प्रेमबहादुर खड्का, शिवराज जोशीलगायत पराजित भएका छन्

प्रकाशित मिति : ५ पुस २०७८ सोमबार ००:००  ७ : ४१ बजे