२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

काँग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय यादव निर्वाचित



काठमाण्डौ ।

नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी हुनुभएको छ । उहाँले प्रदेश–२ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गर्नु भएको हो ।

बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा समूहका कृष्णा राय यादवले ९ सय ९६ मत ल्याउनु भएको छ भने रामसरोज यादवले ८ सय ५५ मत पाउनु भएको छ । विमलेन्द्र निधि र शेखर कोइराला समूहले रामसरोजलाई उम्मेदवार बनाएको थियो ।

प्रदेश–२ मा कुल १ हजार ९३८ मतदातामध्ये १ हजार ८८१ मत खसेको थियो । अन्य पदाधिकारीको मतगणना आजदेखि सुरु हुने कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८ शुक्रबार ००:००  ८ : ०० बजे