दीपा महत, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले वाणगंगामा झोलाछापे सहकारी नभएको बताउनुभएको छ ।
जिल्लाका केहि पालिकामा झोलाछापे सहकारी रहेको र वाणगंगामा त्यस्ता सहकारी नहुनु नै सुखद पक्ष भएको उहाले बताउनुभयो । “केहि सहकारी नामको मात्र छन् उनिहरुले जनतालाई ठग्ने काम गरेका छन् तर म खुसी छु हाम्रो नगरमा त्यस्ता सहकारी छैनन्, मेयर थारुले भन्नुभयो । ”
शुक्रबार श्री बिनायक बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा तथा चौथो अधिवेशनलाई संम्बोधन गर्दै मेयर थारुले नगरका सम्पूर्ण सहकारी मापदण्ड अनुरुपनै संचालनमा रहेको दाबी गर्नुभयो ।
सहकारीको काम बचत तथा ऋण दिनेमात्र नभएको भन्दै सहकारी अब आर्थिक, सामाजिक विकासका लागि लाग्नुपर्नेमा उहाको जोड छ । नगरपालिकाले प्रदान गरेका विभिन्न तालिम तथा सिपलाई ब्यवहारमा कार्यन्वयन गर्ने गरी लागेमा आर्थिक समृद्धी हासिल गर्न सकिने मेयर थारुको तर्क छ ।
साथै उहाले विनायक बचत तथा ऋणसहकारीले छोटो समयमै उल्लेख्यीय प्रगती गरेको भन्दै चौथो अधिवेशनले चयन गर्ने अबको नेतृत्व सक्षम, सबल र सहकारीलाई अगाडी बढाउन सक्ने खालको हुनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया