७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

दाङ-सल्यान सडक खण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने



दाङ ।

राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड आजदेखि आउँदो २५ गतेसम्म दैनिक ८ घण्टा बन्द हुने भएको छ । जीर्ण सडक निर्माण गर्न १५ दिनसम्म दैनिक ३ पटक गरी ८ घण्टा सडक खण्ड बन्द गरिने भएको हो ।

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर हुँदै सल्यानको प्रवेश मार्ग कपुरकोट क्षेत्रमा सडक जीर्ण भएको छ । यस सडक खण्ड अन्तर्गत चोरखोला–कपुरकोट क्षेत्रमा स्तोरउन्नतिको काम हुन लागेको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले सार्वजनिक सूचना निकालेर आजदेखि लागू हुनेगरी २५ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द हुने जानकारी दिनु भयो।

बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुने जानकारी दिइएको छ ।
यो अवधिमा अत्यावश्यक गाडीले वैकल्पिक रुट कपुरकोट–पैँयाखोरको डाइभर्सन रुट प्रयोग गर्न सक्ने खड्काले बताउनु भएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८ आइतबार ००:००  ११ : ४१ बजे