१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पाल्पामा जिप दुर्घटना : घाइतेमध्ये दुईको अवस्था गम्भीर



पाल्पा

पूर्वखोला गाउँपालिका ६ लाकुरीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

हेक्लाङबाट तानसेन आउँदै गरेको लु १ ज २६०७ नम्बरको जिप सोमबार बिहान करिब ८ बजे सेर्काबास(हेक्लाङ भित्री सडकमा दुर्घटना भएको हो।दुर्घटनामा पूर्वखोला ६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारू, २९ वर्षीय प्रेम सिङ्जाली र ४६ वर्षीय पविसरा सारू घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

घाइतेमध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था गम्भीर रहेको त्वातीले बताए। घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।जिप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। जिप सडकभन्दा १५० मिटर तल खसेको छ।

प्रकाशित मिति : १९ पुस २०७८ सोमबार ००:००  १२ : २८ बजे