१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

सुनको भाउ तोलामा नौ सय रुपैयाले घट्यो



काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ। आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ। यस्तै, तेजाबी सुन तोलाको ९१ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदी तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २० पुस २०७८ मंगलबार ००:००  १२ : ३५ बजे