६ असार २०८३, शनिबार | Sat Jun 20 2026

प्रथम बाणगंगा सडक खाना महोत्सव स्थगित



बाणगंगा, जितपुर ।

प्रथम बाणगंगा सडक खाना महोत्सव हालका लागी स्थगित गरिएको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै सडक खाना महोत्सव हालका लागी स्थगित गरिएको आयोजकले जनाएको छ । गृह मन्त्रालयको परिपत्र तथा कोरोनाको बढ्दो प्रभावका बीच भिडभाड, मेला, महोत्सव लगाउन उचित नहुने भएकाले हालका लागी निर्धारित प्रथम बाणगंगा सडक खाना महोत्सव स्थगित गर्नु परेको संयोजक बुद्धि बहादुर रोकाहा क्षेत्री दिनेशले जानकारी दिए ।

कोरोनाको संक्रमण दर हेरेर अनुकुल समयमा प्रथम बाणगंगा सडक खाना महोत्सव भव्यताका साथ गरिने निर्देशक सुसिल सिंह ठकुरीले बताए ।

बाणगंगा नगरपालिका वडा नं ४ को आयोजनामा यही पुस २९ र ३० गते चारनम्बर जीतपुरचोक प्रथम बाणगंगा सडक खाना महोत्सव गर्ने तयारी भएको थियो ।

प्रकाशित मिति : २७ पुस २०७८ मंगलबार ००:००  ५ : २६ बजे