२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण



काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको उनले फेसबुकमार्फत जानकारी दिएका छन्।

शर्माले बुधबार कोरोनाको लक्षण देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन्।

‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु‚’ उनले लेखेका छन्, ‘लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पिसिआर आज सबैको रिपोर्ट पोजेटिभ‚ चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन। एकसातामा फर्किन्छु काममा। भेट र सम्पर्क असुविधाप्रति सबैसँग बिनम्रतापूर्वक क्षमा चाहन्छु।’

प्रकाशित मिति : ५ माघ २०७८ बुधबार ००:००  १ : २५ बजे