१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पहिरोमा परेर दाङमा एक युवाको मृत्यु



दाङ ।

पहिरोमा परेर दाङमा एक जना युवाको मृत्यु भएको छ। पहिरो झरेर अवरूद्ध सडकमा मोटरसाइकल गुडाउन नमिलेपछि डोर्‍याउने क्रममास् घोराही उपमहानगरपालिका १४ का ३५ वर्षका नरबहादुर घर्ती सुदीपको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माका अनुसार मंगलबार कपुरकोटबाट तुलसीपुर आउँदै गर्दा तुलसीपुर ३ ढक्रेनीमा पहिरोमा परेर घर्तीको मृत्यु भएको हो।

उनको टाउकोमा ढुंगा लागेको थियो। उनी नेत्रविक्रम चन्द नेतृत्वको पार्टीमा आवद्ध थिए।

प्रकाशित मिति : १२ माघ २०७८ बुधबार ००:००  १ : ३६ बजे