१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नाबालिका बलात्कार आरोपमा एक युवक पक्राउ



झापा ।

५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका(२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका २ हजरियाका ३८ वर्षीय गंगा मगरलाई प्रहरीले पक्राउ गरेको हो।

मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ माघ २०७८ बिहिबार ००:००  १ : ३८ बजे