२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

लमजुङमा भूकम्पको धक्का महसुस



लमजुङ ।

लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ।

जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए। भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्।

प्रकाशित मिति : १४ माघ २०७८ शुक्रबार ००:००  ८ : ५३ बजे