८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु जेसीजद्वारा फलफूल वितरण



मायादेवी अनलाइन,जितपुर

कपिलवस्तु जेसिज बर्ष–२०२२ ले प्रजातन्त्र दिवसका अवसरमा फलफूल बितरण गरेको छ । बाणगङ्गा–४ सिद्धिपुर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरेको हो । सो अवसरमा करिब १०० जना बिरामीहरुलाई अङ्गुर, सुन्तला, स्याउ फ्रुटी जस्ता फलफूल हस्तान्तरण गरिएको जेसीज कपिलवस्तुले जनाएको छ ।

कार्यक्रम बोल्दै शिवराज जेसिजका अध्यक्ष खगेन्द्र गिरि र कुमार थापा रास्कोटिले जेसिजले सामाजिक क्षेत्रमा उल्लेख्य कार्यक्रमहरु गर्दै आईरहेको र आगामी दिनमा गरिब दुखिहरुलाई सहयोग गर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा अस्पतालका तर्फबाट धन्यवाद मन्तव्य अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सन्त नेपालले कपिलवस्तु जेसिजले सामाजिक क्षेत्रमा काम गर्दै गर्दा अस्पतालमा बिरामीलाई फलफूल बितरण गरि बिरामिको घाउमा मलम लगाउने काम गरेकोमा धन्यवाद ब्यक्त गरे।

कार्यक्रममा कपिलवस्तु जेसिजका अध्यक्ष गुरुदेव पौडेल, उपाध्यक्ष शान्ति क्षेत्री, कुमार थापा रास्कोटी, अपिला टण्डन, बिष्णु पाण्डे, नारायण खनाल, लगायत शिवराज जेसिजका अध्यक्ष खगेन्द्र गिरिको उपस्थिती रहेको थियो ।

कार्यक्रम कपिलवस्तु जेसिजका अध्यक्ष गुरुदेव पौडेलको अध्यक्षता र जेसिजका महासचिव चन्द्रकान्त पोख्रेलको सन्चालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०७८ शनिबार ००:००  ४ : ०५ बजे