८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने



काठमाडौं ।

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ।
सोमबार बिजुलीबजार प्रुडेन्सियल कलेजमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसिसीको विपक्षमा मतदान गर्ने बताए।
‘यसमा स्वविवेक प्रयोग गर्ने भन्ने हुन्न। सबै सांसद र मन्त्रीहरूले विपक्षमा मतदान गर्नुहुन्छ,’ खतिवडाले भने,‘अरू पार्टीलाई पनि हामी विपक्षमा मतदान गर्न आग्रह गर्छौं।’
सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेपछि सरकार के गर्नुहुन्छ त भन्ने प्रश्नमा प्रवक्ता खतिवडाले भने – हामीलाई सरकारभन्दा राष्ट्रियता ठूलो छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८ सोमबार ००:००  ५ : २३ बजे