२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु



मायादेवी अनलाइन, बिजयनगर ।

कपिलवस्तुमा टिप्परले ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको बिजयनगर गाउँपालिका विहिवार विहान ९ बजेको पुर्व देखि पश्चिम तर्फ जाँदै गरेको ना १ क ७४५३ नम्बरको टिप्परले मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार विजयनगर –७ मानपुर बस्ने स्थानीय वर्ष ४५ का लालमन केवटको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुर प्रमुख रण बहादुर बिष्टले जानकारी दिनु भएको छ ।
घटनाको बारे थप अनुसन्धान भइरहेकोे ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।टिप्पर र चालक प्रहरी को नियन्त्रणमा रहेकोे छ । शव पोस्टमार्टमको लागि बहादुरगन्ज पठाइएको बताइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८ बिहिबार ००:००  ४ : ०० बजे