२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

माधव नेपाल भन्छन्– केपी ओलीसँग कुनै पनि एकता हुँदैन



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो पार्टीको कुनै पनि एकता नहुने बताएका छन्।

समाजवादी प्रेस संगठन नेपालले आइतबार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘केपी ओलीसँग एकता गर्ने कुनै सम्भावना छैन र हुन पनि हुँदैन’, उनले भने।

गठबन्धनबीच चुनावी तालमेलका विषयमा सबै शक्तिको आकलन गरेर कुन मोडालिटीमा जाने भनेर छलफल भइरहेको उनको भनाइ छ।

उनले जे जे सहमति भएपनि इमान्दार हिसाबले नै हुनुपर्छ भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताए।

प्रकाशित मिति : २० चैत्र २०७८ आइतबार ००:००  १२ : ३१ बजे