२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

२ हजार ७ सय ४० नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा नोपालमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ४० जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४८ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ९२ जनामा झरेको छ । यही अवधिमा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यसबीच २४ घण्टामा २० हजार आठ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८ आइतबार ००:००  ५ : ४६ बजे