८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दलित समुदायद्धारा स्थानीय चुनावमा प्रमुख पद सुनिश्चितताको माग



काठमाडौं ।
राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले स्थानीय चुनावमा कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेको छ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले दलित समुदायलाई पनि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको टिकट दिइनुपर्ने माग गरेका छन्।

साथै उनीहरूले निर्वाचित जनप्रतिनिधिहरूले जातीय विभेद गरेमा स्वतः पद खारेज हुने कानुन बनाउनपर्ने, जातीय विभेद तथा छुवाछुतको कुनै पनि कसुरमा संलग्न मानिसलाई पार्टीको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने र यसमा सबै राजनीतिक दलहरुले प्रतिवद्धता जनाउनुपर्ने माग अघि सारेको छ।

अभियानले ०७४ को निर्वाचनमा निर्वाचित भएका दलित महिला सदस्यहरूलाई पहिलो प्राथमिकतामा राखेर उनीहरूको उचित व्यवस्थापन गरिनुपर्ने माग पनि राखेको छ।

अभियानका संयोजक खगेन्द्र सुनारले वैशाख ३० गते हुने निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व जतिसक्दो धेरै हुनुपर्ने बताए।

अहिलेका व्यवस्था ल्याउनको लागि दलित समुदायको पनि योगदान र बलिदानी रहेको उनको भनाइ छ।

प्रकाशित मिति : ४ बैशाख २०७९ आइतबार ००:००  ६ : ४९ बजे