८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कपिलवस्तुमा आगलागी हुँदा ३० लाखको क्षति



चन्द्रौटा ।
कपिलवस्तुमा आज भएको आगलागीबाट ६ घर गोठ जलेर नष्ट भएको छ। जिल्लाको शिवराज नगरपालिका–११ भदौखरमा लागेको आगोले करिब रु ३० लाखको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

स्थानीय मोतीराम अहिरको घरबाट सुरु भएको आगोले सीताराम यादव, रामचन्द्र यादव, अधारे यादव र भिख्की यादवको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष रामेश्वर वर्माले बताए।

आगोले अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्रीहरू पूर्णरूपमा जलेका छन्। दिउँसो ३ बजेदेखि लागेको आगो डेढ घण्टामा स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो। तराइका जिल्लामा गर्मी मौसममा हावाहुरी लाग्ने भएकाले फुसको छानो भएका घर उच्च जोखिममा रहेका छन्। रासस

प्रकाशित मिति : ६ बैशाख २०७९ मंगलबार ००:००  ९ : २२ बजे